२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘जोगिन्दर’ले ल्याए गाइजात्रे कोसेली ‘ठग– ठाग कम्पनी’

‘जोगिन्दर’ले ल्याए गाइजात्रे कोसेली ‘ठग– ठाग कम्पनी’

955
Shares

काठमाडौं – हास्य र ब्याङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक बर्ष विभिन्न हास्यब्यङ्ग्य सामाग्री भित्रिने गर्दछ । यस्तैमा लोकप्रिय कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाइजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कमेडी ‘ठग –ठाग कोसेली’ ल्याएका छन् । दर्शक तथा स्रोतालाई हास्यब्याङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र बिकृति बिसंगतीमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उदेश्यले उनले ‘ठग –ठाग कोसेली’ ल्याएका हुन्
बिगत २२ बर्षदेखि नियमित नियमित ब्याङ्ग्यका कोसेली दिर्दै आएका जोगिन्दरको ‘ठग –ठाग कोसेली’ ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । अहिलेको राजनीतिक घटनाक्र, सामाजिक बिकृति बिसंगतिदेखि, फेसन र ग्ल्यामरसम्मलाई उनले ‘ठग –ठाग कोसेली’मा ब्याङ्ग्यको मसला बनाएका छन् ।
लेखन, निर्देशन, प्रस्तुति समेत ‘जोगिन्दर’कै रहेको ‘ठग–ठाग कोसेली’मा प्यारोडी पनि छ । यसपटक उनले ‘काले केटाले’ भन्ने चर्चित गीतमा प्यारोडी बनाएका छन् । गीतमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई उतारेका छन् । रिजालको ‘ठग– ठाग कम्पनी’ २२औं कोसेली हो । गतवर्ष उनले ‘लुछाचुँडी’ ल्याएका थिए ।
जोगिन्दरको ‘ठग– ठाग कम्पनी’मा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले , सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेल रहेका छन् । ‘ठग– ठाग कम्पनी’को पोष्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।
गाइजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । ‘अहिले यस्ता कोसेलीको ब्यवसायिकता त छैन’, रिजालले भने ‘बर्षेनी दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ ।’ दर्शकको मायाले गर्दा पनि यो बर्षपनि गाईजात्रे कमेडीमा निरन्तरता दिएको रिजालको भनाई छ । ‘हरेक बर्ष झै यो बर्ष पनि दर्शकले माया दिनुहुन्छ भन्ने बिश्वास छ’, रिजालले थपे ।
विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यब्याङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् । शिवशंकर अहिले ‘नाचघरमा आयोजना हुने ‘गाईजात्रा कार्यक्रम’को तयारी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij