२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संस्थागत सेयर लगानीकर्तालाई कर्जाको सीमा हट्याे

संस्थागत सेयर लगानीकर्तालाई कर्जाको सीमा हट्याे

470
Shares

काठमाडौं -नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि सेयर कर्जाको सिमा हटाएको छ।केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा २० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको हो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत शेयर लगानीकर्ताका लागि कायम कर्जाको सीमा हटाइएको थियो। सोही व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

यसअघि संस्थागत शेयर लगानीकर्ता २० करोड रुपैयाँ र व्यक्तिगतका हकमा १५ करोड रुपैयाँ शेयर लोन लिन पाइने व्यवस्था थियो। अब कुनै एक वा सबै वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १५ करोड कायम गरिएको छ। तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागिमात्र यस्तो सीमा लागू नहुने व्यवस्था संशोधित निर्देशनमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij