२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ३५.५५ अकंले बढ्यो,१७ अर्ब २६ करोडको कारोबार

नेप्से ३५.५५ अकंले बढ्यो,१७ अर्ब २६ करोडको कारोबार

455
Shares

काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.५५ अकंले बढेर २६९६.६५ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ९ समूहको शेयर मूल्यमा उछाल देखिएको छ । मंगलबार विकास बैंकको २.४० प्रतिशत, फाइनान्स समूहको ५.९८ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९९ प्रतिशत, हाइड्रोपावर समूहको ३.१२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij