काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.४६ अकंले घटेर २६६१.०९ बिन्दुमा कायम भएको हो । आज ३२५ कम्पनीको ४ करोड ७६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन कारोबार भने निकै उच्च भएको देखिन्छ । सोमबार ११ उपसचूक राताम्य भएका छन् । आज र्बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैंक समहको २.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशतसहित ११ कम्पनीको शेयर घटेको हो ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.७७ प्रतिशत बढेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij