२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीलंकाले जित्यो एसिसी महिला एसिया कपको उपाधि

श्रीलंकाले जित्यो एसिसी महिला एसिया कपको उपाधि

625
Shares

काठमाडौं– श्रीलंकाले एसिसी महिला एसिया कप २०२४ को उपाधि जितेको छ। आइतबार श्रीलंकाको दम्बुलामा भएको फाइनलमा घरेलु टोलीले भारतलाई ८ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १६५ रन जोड्यो। उसका लागि स्मृति मन्धनाले सर्वाधिक ६० रन जोडिन् भने ऋचा घोषले ३० रनको योगदान गरिन्। बलिङमा श्रीलंकाकी कभिसा दिलहरीले २ विकेट लिए।

१६६ रनकको लक्ष्य श्रीलंकाले १८।४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर गुणरत्ने एक रनमा आउट भए पनि चमरी अथापथ्थुले ६१ र हर्षिताले नटआउट६९ रन जोडिन्।

आयोजक राष्ट्र श्रीलंकाकी कप्तान अथापथ्थु प्लेयर अफ सिरिज भइन्। श्रीलंकाले पहिलो पटक एसिया कप जितेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij