२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

970
Shares

काठमाडौं– हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये बनेपा शाखा- २ लाई स्थानान्तरण गरिएको छ । उक्त शाखा साविक स्थानबाट करिब ६.२ किलोमिटर दक्षिणतर्फ पनौती-७ स्थित पनौती बसपार्कमा राखिएको हो ।

काभ्रेबाट आजदेखि नयाँ शाखाका रूपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा ल्याइएको प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले जानकारी दिए ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, उच्चपदस्थ कर्मचारी साथै अन्य अतिथिको उपिस्थतिमा गरेका हुन् ।

हिमालयन बैंकले हाल नेपालभर फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटीएम ६५ सयभन्दा बढी POS Terminals र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij