२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ११३.४२ अकंले बढ्यो, १५ अर्ब ८१ करोडको कारोबार

नेप्से ११३.४२ अकंले बढ्यो, १५ अर्ब ८१ करोडको कारोबार

1.2K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११३.४२ अकं अर्थात् ४.४१ प्रतिशतले बढेर २६८१.५६ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन वाणिज्य बैंकको ९.८९ प्रतिशत, विकास बैंक समूहको ४.८७ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रथिशत, होटल तथा पर्यटन समूहको ०.४६ प्रतिशतले शेयर मुल्य बढेको छ । यता, माइक्रोफाइनान्स समूहको शेयर मूल्य मात्र घटेको छ ।
आज दुईपटक अपर सर्किट ब्रेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij