२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक, दुई नयाँ सर्भिस सेन्टरको उद्घाटन

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक, दुई नयाँ सर्भिस सेन्टरको उद्घाटन

1.1K
Shares

काठमाडौँ- बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

गौरीघाटमा थप सुविधाका साथ सर्भिस सेन्टर

सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइन अनुसार थप परिष्कृत गरेर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो । ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस बे रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्ट्स वेयर हाउस रहेको छ । डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ ।

गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न प्रतिबद्ध ५० कर्मचारी रहेका छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन सविन तन्डुकारले गरेका थिए, जो फर्स्ट जेन बीवाईडी ई६ को पहिलो ग्राहक हुन् ।

कुपण्डोलमा नयाँ सर्भिस सेन्टर

ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस बे रहेका छन् । यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् ।

सो क्षेत्रका बीवाईडी ग्राहकलाई कुशल र व्यापक सेवा प्रदान गर्नका लागि सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ । इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाईडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।

सुपेरियर सर्भिसका लागि प्रतिबद्धता

आफ्ना ग्राहकलाई ‘सुपेरियर र सिन्सियर सर्भिस’ प्रदान गर्ने कार्यमा साइमेक्स सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरूद्वारा समय समयमा प्रदान गरिने तालिमबाट सबै साइमेक्स सर्भिसका कर्मचारीहरू प्रशिक्षित छन् र ग्राहकलाई सुरक्षा प्रदान गर्ने कार्यमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

परिष्कृत सर्भिस सेन्टर बाहेक साइमेक्सले आवश्यकता अनुसार इमर्जेन्सीको समयमा प्रयोग गर्न सकिने गरी रोड साइड असिस्टेन्स (आरएसए) भेइकल र सर्भिस हटलाइनको समेत व्यवस्था गरेको छ ।

हाल गौरीघाट र कुपण्डोलका साथै विराटनगर, बिर्तामोड, जनकपुर, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज र दाङमा बीवाईडीका सर्भिस सेन्टर सञ्चालित छन् । आगामी तीन महिना भित्रै इटहरी, पोखरा, स्वयम्भू, भक्तपुर र बनेपामा समेत बीवाईडी सर्भिस नेटवर्क सञ्चालनमा आउने छन् ।

‘नयाँ सुविधा सहित काठमाडौँ उपत्यकामा सर्भिस नेटवर्क विस्तार गर्न पाउँदा हामी हर्षित छौँ,’ साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हाम्रो लक्ष्य भनेको उच्च स्तरीय क्वालिटी र केयरका साथ ग्राहकको आवश्यकता पुरा गर्दै अतुलनीय सर्भिस अनुभव प्रदान गर्नु हो ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij