काठमाडौं– आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले गत शुक्रवार नै नीति सार्वजनिक गर्ने तयारी गरे पनि सरकार परिवर्तनपछि मौद्रिक नीति ल्याउनमा केही दिनलाई ढिलाइ भएको थियो।
गत साता नै राष्ट्र बैंकको उच्च व्यवस्थापन तहले मौद्रिक नीति पारित गरिसकेको जनाएको छ। राष्ट्र बैंकको आज शुक्रवार बोर्ड बैठक बसिरहेको छ । जसमा मुख्य एजेन्डा मौद्रिक नीति पारित गर्ने विषयमा केन्द्रित रहने जनाएको छ । आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । सार्वजनिक गर्ने भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij