२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक शुभराम्भ

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक शुभराम्भ

620
Shares

काठमाडौं– प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको, प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले आज एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका छन् । सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्पmबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत दिए ।
सोही कार्यक्रका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गरे साथै, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बुद्धनगर – १०, नयाँबानेश्वर काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी रु २०,००,००,०००.००( अक्षरेपि बिस करोड मात्र) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij