२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थमन्त्री विष्णु पौडेलले देखेका अर्थतन्त्रका चुनौती र समाधानका उपाय

अर्थमन्त्री विष्णु पौडेलले देखेका अर्थतन्त्रका चुनौती र समाधानका उपाय

535
Shares
काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रबारे ४६ चुनौती औंलाएका छन् । पौडेल नेतृत्वको मन्त्रालय टिमले नेपालको अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौती रहेको औंल्याएको हो ।

मन्त्रालयले चुनौतीलाई सामना गर्न २९ वटा क्षेत्रमा कदम चाल्न जरुरी रहेको पनि निष्कर्ष निकालेको छ । अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना गर्ने उपायसम्बन्धी अर्थमन्त्रालयका सचिव र सहसचिवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्रिफिङ गरिसकेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अर्थतन्त्रका चुनौती
  •  साधन उपलब्धताको अनुपातमा आर्थिक क्षेत्रको वृद्धि कम हुनु
  •  बचत, उपभोग र लगानी वृद्धि दर न्यून रहनु
  •  वित्तीय क्षेत्रको साधन स्रोत पर्याप्त मात्रामा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्नु
  •  आयातरनिर्यात अनुपात उच्च रहनु
  •  आर्थिक वृद्धि(अस्थिर एवम् न्यून रहेको
  •  बढ्दो लगानी आवश्यकता र न्यून कुल गार्हस्थ्य बचत रहेको
  •  औसत पुँजी प्रतिफल अनुपात तुलनात्मकरुपमा उच्च रहेको
  •  तीब्र आन्तरिक बसाईसराईको कारण हिमाली, पहाडी एवम् ग्रामीण क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको
  •  आर्थिक वृद्धिमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको
अर्थतन्त्रको संरचनागत चुनौती
  •  न्यून कुल गार्हस्थ्य बचतः कुल गार्हस्थ्य उत्पादनको औसत १० प्रतिशत भन्दा कम
  •  न्यून दरको आर्थिक वृद्धिः पछिल्लो ४८ वर्षको औसत वृद्धिदर ४.२३ प्रतिशत
  •  न्यून उत्पादकत्व
  •  औद्योगिक क्षेत्रको योगदान घट्दै गएको
  •  आयातमा आधारित राजस्वः कुल राजस्वको ४६.२ प्रतिशत
  •  कमजोर निकासी र बढ्दो व्यापार घाटाः निकासी–पैठारी अनुपात १:१०
  •  राजश्व र खर्चको वृद्धि अझै न्यून रहनु
  •  पूँजीगत खर्चको प्रभावकारिता न्यून रहनु
  •  पर्याप्त तयारी  बिना बजेट प्रस्ताव गर्ने प्रवृति
  •  ऋणको मात्रा बढ्दै जानु
  •  भुक्तानी दायित्व उच्च रहनु
  •  विकास पूर्वाधारमा लगानीको लागि वित्त बचत ९फिस्कल स्पेस० न्यून रहनु
  •  राजस्व परिचालन अनुमानयोग्य हुन नसक्नु ९लक्ष्य बमोजिम राजस्व असुली हुने नसकेको०
  •  आयातमा आधारित राजस्व उच्च रहेको हुँदा राजस्व परिचालनलाई दिगो बनाउनु चुनौती रहेको
  •  संस्थानमा ऋण लगानीको प्रतिफल कमजोर रहनु
  •  खर्च र आम्दानी बीचको अन्तर बढ्दै जानु
  •  सामाजिक सुरक्षातर्फको खर्च बढ्दै जानु
  •  वैदेशिक ऋणको प्रभावकारी उपयोग हुन नसक्नु
  •  आयोजनारपरियोजना तोकिएको समयमा सम्पन्न नहुँदा लागत प्रभावकारी हुन नसक्नु
सार्वजनिक खर्च
  •  आयोजनाको अत्यधिक संख्या र सिर्जना भएको दायित्व व्यवस्थापन
  •  बहुबर्षीय ठेक्काको स्रोत व्यवस्थापन
  •  गैर(बजेटरी मागलाई निरुत्साहित गर्ने
  •  अनिवार्य दायित्वको ठूलो परिमाणस्  रु।१७५२ अर्बको बजेटमा रु।११८१ अर्ब अनिवार्य दायित्व रहेको। अनावश्यक देखिएका संरचना खारेज हुन नसकेको
  •  वैदेशिक सहायताको उपयोग क्षमता कमजोरस् विनियोजनको औसत ५० प्रतिशत
  •  सर्वसञ्चित कोषलाई सन्तुलित अवस्थामा राख्ने
  •  सञ्चित कोष व्यवस्थापनस्  संघीय सञ्चित कोष ऋणात्मक तर प्रदेश र स्थानीय तहका कोषहरु बचतमा रहने गरेको
  •  वित्तीय हस्तान्तरणमा कमीस् राजस्व संकलन अपेक्षित नहुँदा प्रदेश र स्थानीय तहमा कम मात्र हस्तान्तरण हुने परिस्थिति रहेको । समपुरक र विशेष अनुदान तर्फ वर्षेनी आयोजना थप भई असिमीत दायित्व सिर्जना भएको
बैंकिङ क्षेत्र
  •  कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्न नसकिएको
  •  कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्ने चुनौती रहेको
  •  वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणहरुमा लचकता कायम गर्न नसकिएको
  •  वित्तीय क्षेत्रको नियमन प्रभावकारी हुन नसकेको
  •  वित्तीय सहकारीको नियमन फितलो रहेको
बाह्य क्षेत्र
  •  कमजोर निकासीको आधार एवम् उच्च व्यापार घाटा
  •  चालु खाता प्रायः घाटामा रहेको
  •  भ्रमण आय भन्दा भ्रमण खर्च उच्च रहेको
  •  विदेशी लगानी आप्रवाह अत्यन्त कमजोर रहेको
  •  वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउन नसकिएको
आगामी कार्यदिशा
  •  प्रभावकारी मागमा अभिवृद्धि गर्ने
  •  सार्वजनिक खर्चलाई औचित्यपूर्ण र थप प्रभावकारी बनाउने गरी प्राथमिकीकरण गर्ने
  •  पुँजीगत खर्च क्षमता अभिवृद्धि गर्ने
  •  वित्त सुदृढीकरणमा जोड दिने
  •  उत्पादनमा आधारित राजस्वमा जोड दिने
  •  ऋणको प्रभावकारी उपयोग गर्ने
  •  वित्त जोखिम कम गर्ने
  •  लगानीको वातावरण निर्माण गरी आर्थिक वृद्धिलाई गति दिने
  •  उत्पादनशील क्षेत्रमा लगानी बढाउने
  •  प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यसका बाधा पहिचान गरी सुधार गर्ने
  •  जलविद्युत उत्पादन र प्रसारण लाइन विस्तारमा जोड दिने,गुणस्तरीय सडक सञ्जाल निर्माण गर्ने, ग्रामिण सडक संजाललाई कृषि उत्पादन र बजारीकरणसँग आबद्ध गर्ने
  •  पुँजीगत खर्चको प्रभावकारिता बढाई आर्थिक वृद्धिमा सहयोग पुर्याउने
  •  प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीलाई आर्थिक पूर्वाधारमा केन्द्रित गर्ने
  •  बहुवर्षीय ठेक्काको सहमती दिइएका आयोजनाको स्रोत व्यवस्थापन गर्ने
  •  वैदेशिक अनुदान र सहुलीयतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्नेस्  जलवायुसँग सम्बन्धित कोषहरुको परिचालनमा जोड दिने
  •  सञ्चित कोषलाई सन्तुलित अवस्थामा राख्ने
  •  गैरबजेटरी मागलाई निरुत्साहित गर्ने
  •  कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्ने
  •  कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्ने
  •  साना तथा मझौला उत्पादनमूलक व्यवसायलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउने
  •  वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्दै वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणमा लचकता कायम गर्ने
  •  वित्तीय क्षेत्रको नियमनलाई प्रभावकारी बनाउने
  •  वित्तीय सहकारीको नियमन गर्न दोश्रो तहको नियामक संयन्त्र निर्माण गर्ने
  •  व्यापार घाटा नियन्त्रण गर्ने सम्बन्धी रणनीतिको कार्यान्वयनमा जोड दिने
  •  विदेशी लगानी आप्रवाह बढाउन नीतिगत र कानूनी सुधार गर्ने
  •  सम्झौता भएका सहुलीयतपूर्ण विदेशी ऋण र अनुदानलाई प्राथमिकताका क्षेत्रमा अधिकतम परिचालन गर्ने तथा शर्तहरुमा सुधार गर्ने
  •  वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउने ९तालिम, सिप र गन्तव्य०
  •  युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने
  •  विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij