काठमाडौं- ट्रष्ट माइक्रो इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच डिजीटल माध्यमबाट भुक्तानी गरि बीमालेख खरिद गर्न सकिने भएको छ । सम्झौतामा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गाना र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले आज एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात ट्रष्ट माइक्रो इन्स्योरेन्स एनसिएचएलको नेशनल पेमेन्ट स्वीच अन्तरगतको पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन माइक्रो इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ । त्यस्तै यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएल आइपिएस प्रणालीसँग जोडेर बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेण्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आवद्ध भएका बैंक खातामा सोझै गर्न सक्नेछ ।
सम्झौताले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुग्ने ट्रष्ट माइक्रो इन्स्योरेन्सका सूचना अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत विश्वजन थापा श्रेष्ठले जानकारी दिए ।
यस सम्झौतासँंगै ट्रष्ट माइक्रो इन्स्योरेन्स र नेशनल पेमेन्ट सिस्टममा अैपचारिक आवद हुने पहिलो लघु निर्जिवन कम्पनी भएको हो । थापा श्रेष्ठका अनुसार कम्पनिका सम्पुर्ण शाखा, उपशाखा तथा एक्सटेन्सन काउण्टरहरुबाट एनसीएचएल क्युआर भुक्तानी मार्फत पनि बीमालेख खरिद गर्न सकिने छ ।
बुटवलमा प्रधान कार्यालय रहेकोे ट्रष्ट माइक्रो इन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणबाट झण्डै २.५ दर्जन भन्दा बढीे शाखा, उपशाखा तथा एक्सटेन्सन काउण्टरको स्वकृति लिइ लघु निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ साथै गत चैत्र महिनाबाट आधिकारिक कारोबार सुरु भएको पनि जानकारी गराउनु भयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij