काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे बैठक बोलाइएको छ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार उनी प्रधानमन्त्री नियुक्त भएका हुन्। विश्वासको मत प्राप्त गर्न उनलाई कम्तीमा १३८ मत पाउन आवश्यकता पर्दछ। २७५ सदस्यीय प्रतिनिधि सभामा ओलीसँग कांग्रेसको ८८, एमालेको ७९, जसपाको ७, लोसपाको ४ सिट सहित दुई तिहाई बहुमत देखिएको छ। त्यसैगरी, जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि उनलाई समर्थन गर्ने बताएका छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उनको विपक्षमा मत दिनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij