काठमाडौं -लोकप्रिय गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक भएको छ । मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एसकेको कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा संम्पादन रहेको छ । भिडियोमा गायिका सुमी पराजुली आफैले अभिनय गरेकी छन् ।
गीतलाई सन्तोष प्रगाडले एरेन्ज गरेका हुन् । गायीका पराजुलीका यस अघिको गित चुम्मा चपक्कैबाट सगरमाथा म्युजिक अवार्ड २०८१ मा लोक पप गायिकाको अवाडए जित्न सफल भएकी थिइन । त्यसका साथै अन्य अवार्ड पाउन सफल भएकी थिइन ।
सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij