२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको ‘मनाऔं साउन सिटिजन्ससँग’ अफर सार्वजनिक

सिटिजन्स बैंकको ‘मनाऔं साउन सिटिजन्ससँग’ अफर सार्वजनिक

565
Shares

काठमाडौं–  सिटिजन्स बैंकले  “मनाऔं साउन सिटिजन्ससँग”  नामक अफर सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार कम्पनीको जुन सुकै शाखा कार्यालयमा  गएर खाता खोल्दा ग्राहकले विभिन्न उपहार पाउने छन् ।

कम्पनीका अनुसार ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर कि धरौटीमा ५० प्रतिशतसम्म छूट पाउने छन् । साथै कम्पनीले उक्त अफरमा पहिलो वर्षमा मोबाइल बैंकिङ्ग र डेबिट कार्ड पनि निःशुल्क प्रयोग गर्न पाइने सुविधा रहेको बताएको छ ।

केहि भाग्यशाली ग्राहकले उपहार स्वरुप सौभाग्य सामग्री पनि पाउने छन् । कम्पनीले यो अफर सबै शाखाहरुमा साउन महिना भर लागू हुने पनि बताएको छ ।

बैंकले साउन महिनालाई ध्यानमा राखेर यो अफर ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij