२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ७०.१८ अंकले बढ्यो, ९ अर्ब १३ करोडको करोबार

नेप्से ७०.१८ अंकले बढ्यो, ९ अर्ब १३ करोडको करोबार

950
Shares

काठमाडौं–  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.१८ अकंले बढेर २३१०.५९ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.७५ प्रतिशत, विकास बैंक समूहको ४.९४ प्रतिशत, फाइनान्स समूहको १.८५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij