२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

525
Shares

काठमाडौं – आइतबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यसैगरी, यो दिन चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ७७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार ६३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६०७ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij