२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मातृभूमि लघुवित्तको कामु सीईओमा अशोक कुमार आचार्य

मातृभूमि लघुवित्तको कामु सीईओमा अशोक कुमार आचार्य

1.1K
Shares

काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत मा अशोक कुमार आचार्यलाई नियुक्त गरिएको छ ।

कम्पनीकास असार २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई सीईओको जिम्मेवारी दिएको हो ।  यसैगरी, सोही बैठकले नायव प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई कम्पनी सचिवको थप जिम्वेवारी दिने निर्णय गरेको छ ।

साविकको किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्ज भई मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij