काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीहरुलाई पाँच वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम कतिपय सेयरधनीले अझै पनि नलिएकाले त्यस्ता सेयरधनीलाई नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो । सेयरधनीहरु वा नजिकका हकवालाहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।
उक्त मितिभित्र पनि नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij