काठमाडौं – लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता शेयर बिक्रीमा राखिएको हो।
यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। दिइएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य प्रचलित कानुनबमोजिम शेयर बिक्री गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij