२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंक र काठमाडौँ महानगरपालिका बिच सम्झौता

नेपाल बैंक र काठमाडौँ महानगरपालिका बिच सम्झौता

615
Shares

काठमाडौँ -नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरपालिकाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबारका दिन काठमाडौँ महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूलाई बैंकले विशेष छूट सहितको बैंकिंङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी÷प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैंक लिमिटेडको सबै शाखाबाट छूट सहित आकर्षक बैंकिंङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नुका साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिंङ सुविधा पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij