काठमाडौँ – अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण देशभरमा ३६ महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काठमाडौं हेटौडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका वडा नम्बर ३ मा पहिलो गएका कारण सडक अवरुद्ध भएको छ ।
पछिल्लो २४ घण्टामा देशका केही स्थानमा ‘अति भारी’ वर्षा मापन गरिएको छ । यो अवधि (शुक्रबार बेलुका ७ देखि शनिबार बेलुका ७ बजेसम्म)मा पाल्पामा सबैभन्दा धेरै पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij