२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट निफ्राको संस्थापक शेयर बिक्रीमा

आजबाट निफ्राको संस्थापक शेयर बिक्रीमा

825
Shares

काठमाडौं – एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयर बिक्रीमा राखेको छ। एनआईसी एसिया बैंकले निफ्रामा रहेको १० लाख कित्ता संस्थापक शेयर आज असार १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद असार १७ गतेसम्म तोकिएको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
बिक्रीमा राखिएको निफ्राको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र एनआईसी एसिया बैंकको काठमाडौं थापाथलीस्थित कर्पोरेट कार्यालयका साथै शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत तथा काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij