काठमाडौं – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै साढे ३१ अर्ब बजेट ल्याएको छ। शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बार्षि बजेट प्रस्तुत गरेका हुन्। जसमध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार (२४.१२ प्रतिशत) रहेको छ। रहेको छ। पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार (५९.७ प्रतिशत) रहेको छ।
यस्तै वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत अर्थात २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ। कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको ०८१/८२ को कुल बजेटमध्ये आन्तरिक राजस्वतर्फको ८३ करो ४४ लाख ६५ हजार रुपैयाँ छ। चालु आर्थिक वर्षमा खर्च नभएको ५ अर्ब १३ करोड ८१ लाख २६ हजार रुपैयाँ पनि समावेश गरिएको छ।
कर्णाली प्रदेश सरकारको कुल बजेटमध्ये संघीय सरकारबाट राजस्व बाँडफाँटवापतको रकम ९ अर्ब ३८ करोड ५३ लाख प्राप्त भएको छ। वित्तीय समानीकरण अनुदानतर्फ १० अर्ब ३६ करोड ६३ लाख प्राप्त भएको छ भने सशर्त अनुदानतर्फ ३ अर्ब ७१ करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ।
यस्तै संघीय सरकारबाट समपूरक अनुदानतर्फ १ अर्ब २८ करोड ५० लाख र विशेष अनुदानतर्फ ६७ करोड ६५ लाख रुपैयाँ प्राप्त भएको छ।
आगामी आर्थिक वर्षको कुल बजेटबाट कर्णाली प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत १ अर्ब ८६ करोड, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत १ अर्ब ९४ करोड, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत् १० अर्ब ४६ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत २९ करोड ६४ लाख, सामाजिक विकास मन्त्रालयमार्फत ५ अर्ब ७२ करोड रुपैयाँ विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि विनियोजन गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij