२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोषले बोनस शेयर दिने

नागरिक लगानी कोषले बोनस शेयर दिने

1.2K
Shares

काठमाडौं– नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। कोषले हाल कायम चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

असार ३२ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल सरकार, अर्थमन्त्रालयबाट सहमत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij