२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडा अटो एक्सपो २०२४को स्टल बुकिङ खुल्यो

नाडा अटो एक्सपो २०२४को स्टल बुकिङ खुल्यो

1.4K
Shares

काठमाडौं – भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने ‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुला भएको छ । सोमबार बसेको नाडाको कार्यसमिति बैठकले भदौ ११ गतेदेखि नाडा अटो एक्सपो २०२४ गर्ने निर्णय गरेको थियो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बुधबार एक सूचना जारी गर्दै बिहीबारदेखि स्टल बुकिङ खुलाएको हो । नाडाले स्टल बुकिङका लागि जेठ ३१ देखि आसार ५ गतेसम्मको समय तोकेको छ । तोकिएको समयमा परेको आवेदनहरूबाट लक्की ड्र गरि बुथरब्लक छनोट गरिने नाडाले जनाएको छ ।

प्रदर्शनीमा दुई पांग्रे, चार पांग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij