२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विदेश पढ्न जाने विद्यार्थीले १० महिनाको अवधिमा १ खर्ब बढी नेपाली रुपैयाँ बाहिरियो

विदेश पढ्न जाने विद्यार्थीले १० महिनाको अवधिमा १ खर्ब बढी नेपाली रुपैयाँ बाहिरियो

865
Shares

काठमाडौं – वैदेशिक अध्ययनमा जानेहरुले चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब नेपाली रुपैयाँभन्दा बढी विदेशी मुद्रा सटही गरेका छन् ।

वैदेशिक अध्ययनमा जानेले गर्ने खर्च रकमसँगै भ्रमण व्यय गत वर्षको तलुनामा ४४ अर्बभन्दा धेरैले वृद्धि हुँदा पनि खुद सेवा आय घाटा घटेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकसँग सूचना प्रविधि निर्यात मार्फत हुने आयको यकिन तथ्यांक नभएपनि सूचना प्रविधि निर्यातमा भएको वृद्धिदर पर्यटन आय उल्लेख्य रुपमा वृद्धि हुँदा खुद सेवा आया घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij