काठमाडौँ– आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य दुई घण्टाका लागि सरेको छ । संसद् सचिवालयका अनुसार नेपाल सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको मन्त्रीपरिषद्को बैठक २ बजेका लागि सरेको छ। जसले गर्दा बजेट भाषण पनि पछि सरेको हो।
मन्त्रीपरिषद्ले पारित गरेपछि ३ बजे बजेट भाषण सुरु हुने बताइएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij