२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

1K
Shares

काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरुले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेसको माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा एनसीएचएलका तर्फबाट प्रमुख संचालन अधिकृत श्रीमति मुन्नी राजभण्डारी र व्यवसाय प्रबर्धन अधिकृत, श्री मनिष कुमार पटेल तथा बैंकका तर्फबाट प्रमुख प्रविधि अधिकृत, श्री सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल, मुख्य प्रबन्धक, श्री सुरज मानन्धर लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

हाल बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij