काठमाडौं -सोमबार सुनचाँदीको मुल्य बढेको छ । आइतबार छापावाला सुन स्थिर रही प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुन पनि ३ सय रुपैयाँले नै बढेर तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य २५ रुपैयाँले बढेर तोलामा १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij