२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

1.4K
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना जारी गदै विभिन्न सेयरधनीहरूका नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको जनाएको छ ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ। आवेदन पेस गर्ने अन्तिम मिति जेठ २२ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij