२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सिइओ देवेन्द्ररमण खनालद्वारा पदभार ग्रहण

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सिइओ देवेन्द्ररमण खनालद्वारा पदभार ग्रहण

740
Shares

काठमाडौं–  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)​ देवेन्द्ररमण खनालले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

यसअघि खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ९२० तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ९३० को व्यवस्थाबमोजिम खनाललाई बैंकको सीईओमा चार वर्षका लागि नियुक्ति गरेको थियो ।

पदभार ग्रहणका अवसरमा नवनियुक्त सीईओ खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने जानकारी दिए ।​​

चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए । विसं २०६४ मा चार्टर्ड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।

यसअघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्नका लागि बैंकले गत वैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij