२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्र रमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्र रमण खनाल नियुक्त

985
Shares

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा देबेन्द्ररमण खनाललाई नियुक्त गरेको छ । बैंकले बिहीबार एक सूचना प्रकाशन गर्दै खनाललाई नियुक्त गरेको बताएको छ । उनको कार्यकाल चार वर्षको हुनेछ ।

बैंकको रिक्त रहेको सीईआपदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्वेवारी तोकिएको थियो ।

यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त भएका थिए । उनी आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी बैंक सेवाबाट निवृत्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij