काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij