२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति कति ?

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति कति ?

820
Shares

काठमाडौं -उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् ।

मंगलबार सार्वजनिक उनको सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ ।

एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना छ । त्यसलाई उनले पैत्रिक भनेका छन् र २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग कुनै पनि कम्पनीको शेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij