काठमाडौं – सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ६५ लाख ऋण लिएको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मन्त्री शर्माले पेश गरेको विरणमा शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको उल्लेख छ ।
त्यस्तै, मन्त्री सर्माको नाममा ३६ लाख रुपैयाँको गाडी रहेको विवरणमा भनिएको छ । त्यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थामा २१ लाख ७८ हजार रुपैयाँ मौज्दात रहेको देखिएको छ । त्यस्तै, ६ तोला सुन र २ तोला चाँदि देखिएको छ । कीर्तिपुरमा ६ अना १ पैसा एक दामको साढे दुइ तले घर रहेको उल्लेख छ । उक्त घर उनको श्रीमान् कृष्णध्वज खड्काको नाममा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij