२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति : बैंक खातामा १ करोड १५ लाख

शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति : बैंक खातामा १ करोड १५ लाख

2K
Shares

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको नाममा अचल सम्पत्ति नभएको खुलेको छ। उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८-६-३० क्षेत्रफलको जग्गा किनेको देखिन्छ। उनले उक्त जग्गा संयुक्त नाममा रहेको र आफ्नो पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन्।

चल सम्पत्तितर्फ ११ तोला सुन रहेको उल्लेख गरेकी छन्। उनले २०७५ असार ८ गते विवाह हुँदा १० तोला सुन उपहार पाएको उल्लेख गरेकी छन्।
त्यस्तै आफ्नी हजुरआमाको मृत्युपछि १ तोला सुन पाएको उनले विवरणमा लेखेकी छन्। १०० तोला चाँदी विवाहमा उपहार पाएको पनि उल्लेख छ। उनीसँग हिराको सेट र हिराको टप पनि छ। सुमनाको एनआइसी एसियामा रहेको बैंक खातामा १ करोड १५ लाख रुपैयाँ रहेको जनाएकी छन्। त्यसको स्रोत पारिश्रमिक भएको उल्लेख छ।

त्यस्तै एभरेष्ट बैंकमा पनि ३७ लाख रुपैयाँ छ। उनका श्रीमान पावल लुकास स्काविन्सकीले बैंकमा १८९.७ हजार डलर रहेको उल्लेख छ। श्रेष्ठको विभिन्न कम्पनीमा शेयर पनि रहेको विवरणमा उल्लेख गरेकी छन्।

 

हेर्नुस सुमना श्रेष्ठको सम्पतिको पुरा विवरण

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij