२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रघुवीर महासेठ सबैभन्दा धनी मन्त्री

रघुवीर महासेठ सबैभन्दा धनी मन्त्री

1.9K
Shares

काठमाडौँ – सरकारले मन्त्रीपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सम्पत्ति रहेको छ ।

जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ । यस्तै श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ बिघा, ३ कट्ठा जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्ठा जग्गा रहेको छ । यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्ठा जग्गा रहेको छ ।

यस्तै नगद तर्फ २ करोड २५ लाख रुपैयाँ सम्पत्ति रहेको छ । सुन ४३ तोला, चाँदी १५० केजी रहेको छ । ७ थान औँठी, ३ थान सिक्री, ३ जोडी कानमा लगाउने र २ जोडी चुरा रहेको छ । यस्तै जुली महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको शेयर, महिला लघुवित्त संस्थामा रु १ करोडको शेयर, कर्पोरेट बैंक वीरगञ्जमा २ करोड ५० लाखको शेयर रहेको छ ।

यस्तै धनुषाको क्षिरेश्वरनाथ नपामा ३३ बिघा, सबैला नापामा ३९ बिघा १४ धुर जग्गा र मिथिला बिहारी नपामा १० कट्ठा जग्गा रहेको छ ।

हेर्नुस सम्पतिको पुरा विवरण

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij