२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्री धनबहादुर बुढाको सम्पत्ति : काठमाडौँमा ३ वटा घर, १५० तोला सुन

मन्त्री धनबहादुर बुढाको सम्पत्ति : काठमाडौँमा ३ वटा घर, १५० तोला सुन

1.3K
Shares

काठमाडौँ – सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौँमा ३ वटा घर, थप जग्गा र प्रशस्त सुनचाँदी र नगद मौज्दात रहेको पाइएको छ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार उनको डोल्पामा पैतृक सम्पत्ति रहेको छ भने यसबाहेक श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा दुई वटा घर रहेको छ ।

यस्तै श्रीमती हिमालीकै नाममा काठमाडौँ महानगरपालिका ६ मै अर्को ६ आना जग्गा पनि रहेको छ । यस्तै उनको १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै मन्त्री बुढाको नाममा १५ लाख बैंक ब्यालेन्स रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ ।

हेर्नुस पुरा विवरण

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij