२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लघुबीमक संघ गठन, अध्यक्षमा चिरायु भण्डारी चयन

नेपाल लघुबीमक संघ गठन, अध्यक्षमा चिरायु भण्डारी चयन

870
Shares

काठमाडौं – नेपाल लघुबीमक संघ बिधिवत रुपमा दर्ता भएको छ । संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा जेठ ३ गते दर्ता भएको हो ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्ष रहेको कार्य समितिमा स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिश्व राम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका सचिव, र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव कोषाध्यक्ष रहेका छन् ।

यसै गरि सदस्य हरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ रहेका छन् ।

लघु बीमा विस्तारको लागी नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरु संग सहकार्य र समन्वय गरी समावेसी बीमाको अवधारणालाइ मुर्त रुप दिनका लागि बीमा रक्षावरणको पहुंच बाहिर रहेका बर्ग समुदायलाइ बीमाको दायरामा समेटी उनिहरुको आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने, लघु बीमा सेवाको बिकास तथा बिस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने नेपाल लघुबीमक संघ बिधिवत रुपमा शुभारम्भ गरिएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij