काठमाडौं – आज आइतबार सुनचाँदीको भाउ बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि तोलामा १६ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा ११० रुपैयाँले बढेर तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij