काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक ० दशलमव ७९ अंकले बढेर २,०१८ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनकिो शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
११ उपसूचक आज राताम्य हुँदा माइक्रोफाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । आज माइक्रोफाइनान्स समूहको ३.८० प्रतिशत र अन्य समूहको ०.२२ प्रतिशतले शेयर मूल्य बढेको हो । बिहिबार बैकिङ समूहको ०.२२ प्रतिशत, विकास बैंक समूहको १.०७ प्रतिशत, फाइनान्स समूहको १.४५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८२ प्रतिशतले शेयर मूल्य घटेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij