२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विदेशी मुद्रा सञ्चिति १९ खर्ब पुग्यो, १५ महिना वस्तु आयात धान्ने

विदेशी मुद्रा सञ्चिति १९ खर्ब पुग्यो, १५ महिना वस्तु आयात धान्ने

750
Shares

काठमाडौं – चालु आर्थिक वर्ष (आव) २०८०/८१ को नौ महिना (साउन–चैत) मा विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले बढेर १९ खर्ब नाघेको छ ।

मुलुकमा विदेशी मुद्राको सञ्चिति १५ महिनाको मालवस्तु आयात धान्ने अवस्थामा छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/ ०८१ को नौ महिनासम्मको तथ्यांकमा यस्तो उल्लेख छ ।

उक्त तथ्यांकअनुसार चालू बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आव चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij