२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. नेपालले दिए राजीनामा

राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. नेपालले दिए राजीनामा

1.6K
Shares

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको छ । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् ।
गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी डा. नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको जानकारी दिएकी हुन् । ‘राष्ट्रपतिज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij