२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिञ्चोक दर्शनको नाफा बढ्यो

कालिञ्चोक दर्शनको नाफा बढ्यो

1.4K
Shares

काठमाडौं– कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी २९.०२ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३०.४२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ६२.३८ प्रतिशत बढेर ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ७.२५ प्रतिशत घटेको छ।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५८ लाख रुपैयाँ सञ्चित छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४३.०३ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij