२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छिमेक लघुवित्तको नाफा घट्यो

छिमेक लघुवित्तको नाफा घट्यो

900
Shares

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लि.को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले २६.९० प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

चैतसम्ममा लघुवित्तले ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले ८८ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियोे।

यस वर्ष लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी दुबै घटेको छ। यता खर्च भने बढेको छ। सम्भावित खोखिमबापत छुट्याएको रकम पनि झण्डै दोब्बर भएको छ। यसले गर्दा उसको नाफामा गिरावट देखिन्छ।

वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी २.८५ प्रतिशतले घटेर २ अर्ब ५ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन आम्दानी ५.२० प्रतिशतले घटेर २ अर्ब २६ करोडमा झरेको छ।

लघुवित्तले सम्भावित जोखिमबापत ४१ करोड ४७ लाख छुट्याउनु परेको छ गत वर्ष सम्भावित जोखिमबापत २२ करोड ७३ लाख छुट्याएको थियो।

लघुवित्तको निक्षेप संकलन ७.१६ प्रतिशतले बढेर ३२ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५.१३ प्रतिशतले बढेर ३३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

हाल २ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ छ। चैतसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८३ पैसा छ । गत वर्षको यसैअवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४१ पैसा थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ३० पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij