२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट बजेट अधिवेशन सुरु

आजबाट बजेट अधिवेशन सुरु

860
Shares

काठमाडौं– आज संघिय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २० गते मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप आजदेखि दुवै सदनको बजेट अधिवेशन सुरु हुन लागेको अवस्थामा बजेट अधिवेसन दिउँसो २ बजेबाट सुरु हुने तालिका तोकिएको छ।

आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन्।

यस्तै सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । जसपश्चात अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन् ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित बजेट जेठ १५ मा संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ भने त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij