२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी लघुवित्तको नाफामा बृद्धि

लक्ष्मी लघुवित्तको नाफामा बृद्धि

735
Shares

काठमाडौं लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्षको सोही अवधिमा नोक्सानीमा रहेको लक्ष्मी लघुवित्तले यो वर्ष भने ४ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समिक्षा अवधिमा कम्पनीको संचालन नाफा पनि ६ करोड ३४ लाख रुपैयाँ धनात्मक छ । गत आवको चैत मसान्तसम्म कम्पनीको यस्तो नाफा ९ करोड १९ लाख बढी ऋणात्मक रहेको थियो ।

तर, सो अवधिमा लक्ष्मी लघुवित्तको खुद ब्याज आम्दानी भने सामान्य गिरावट आई २७ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा १ करोड ८९ लाख रुपैयाँ छ । समिक्षा अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको तेस्रो त्रैमासमा ९.४७ प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा भने घटेर ७.७६ प्रतिशत कायम भएको छ ।

हाल लक्ष्मी लघुवित्तको चुक्ता पुँजी ४४ करोड १६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले जगेडा कोषमा भने ३६ करोड ५५ लाख रुपैयाँ राखेको छ ।

प्रतिसेयर आम्दानी पनि १३ रुपैयाँ ४१ पैसा धनात्मक छ भने प्रतिसेयर नेटवर्थ पनि १८७ रुपैयाँ ४ पैसा छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७१ पैसा ऋणात्मक रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij