२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वरोजगार लघुवित्तको नाफा ४०.३० प्रतिशतले बढ्यो

स्वरोजगार लघुवित्तको नाफा ४०.३० प्रतिशतले बढ्यो

815
Shares

काठमाडौं– स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खर्च घटेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.४५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३६.८४ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ७.९९ प्रतिशत र सञ्चालन मुनाफा ५९.५३ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ४५ पैसा बढेर १४ रुपैयाँ ५४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ७९ पैसा रहेको छ।

६७ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २७ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ७ अर्ब ४४ करोड निक्षेप तथा सापटीबाट ७ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij