२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

होटल संघ नेपालको सुदूरपश्चिम प्रदेश समिति गठन

होटल संघ नेपालको सुदूरपश्चिम प्रदेश समिति गठन

665
Shares

काठमाडौं – होटल संघ नेपालले सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ। धनगढीका प्रतिष्ठित होटल व्यवसायी दिनेशराज भण्डारीको संयोजकत्वमा जगदीशचन्द्र भट्ट, मानसिंह साउद, ज्ञानेन्द्र गुप्ता र पुष्पराज कुँवर गरी पाँच सदस्यीय समिति गठन भएको हो।

उक्त समितिलाई संघका केन्द्रीय अध्यक्ष विनायक शाहले ह्यान पिन लगाएर जिम्मेवारी दिएका छन्।

अध्यक्ष शाहले संघको सातै प्रदेश र ७७ जिल्लामा संघको उपस्थिति रहने जनाउँदै यस प्रदेशले पर्यटन विशेष गरी होटल उद्योग प्रवर्द्धन र विकासमा सहयोग पुग्ने बताए। साथै आगामी दिनमा यो प्रदेशले योजना सहित अगाडी बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रका प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाले यस प्रदेशमा होटल संघ नेपालको उपस्थितिले प्रदेश पर्यटन विकास र विस्तारमा सघाउ पुग्ने बताए।
पर्यटन प्रवर्द्धनमा अगाडि बढ्दै गएको सुदूरपश्चिम प्रदेश केन्द्रीय होटल संघको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा यस प्रदेशको पहिचान रहने काम गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij